
काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा आज सम्पन्न साधारण सभामा अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा १८.८४५ प्रतिशतले वृद्धि गरी रु १०,०९,३९,८४,९९७ तथा कर्जा तर्फ १५.६८५ प्रतिशतले वृद्धि गरी रु. ७,९१,३३,८९,६८० पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत गर्नुभएको आ.ब.२०७७/०७८ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ९.१५ बोनस शेयर तथा ३.९५ नगद लाभांश गरि जम्मा १३ ५ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार १८:०२ मा प्रकाशित