काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य वृद्धि प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९२ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थयो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुनेछ ।
वि.सं.२०७८ माघ ४ मंगलवार १०:५७ मा प्रकाशित