काठमाडौं । भोलि अर्थात शुक्रबारदेखि काठमाडौं उत्यकामा सवारी साधन माथि जोर–विजोर लागू भएको छ ।
आज बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सीडीओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोर-बिजोर प्रणाली लागू हुने भएको छ ।
जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।
विस्तृतका लागि हेर्नुहोस सूचना
वि.सं.२०७८ माघ ६ बिहीवार २१:१७ मा प्रकाशित