काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कुनै पनि शाखा वा कार्यालयहरुमा प्रवेशका लागि कोरोना विरुद्धको लगाईएको खोप कार्ड अनिवार्य गरेको छ ।
बैंकले कोरोना संक्रमण जोखिमलाई नियन्त्रणका लागि आजै अर्थात माघ ७ गतेदेखि कुनै पनि शाखा कार्यालयहरुमा प्रवेशका लागि अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड चाहिने व्यवस्था गरेको हो ।
यद्यपि, कोरोना विरुद्ध खोप लगाएको कार्डको मोबाइलमा फोटो भएपनि देखाउनुपर्ने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बैंकले ई बैंकिङ, मोबाइल बैंकिङ, थैला तथा अन्य डिजिटल बैंकिङ प्रयोग गरि कोरोना संक्रमण कम गर्न सहयोग गर्नका लागि अनुरोध गरेको छ ।
वि.सं.२०७८ माघ ७ शुक्रवार १८:३६ मा प्रकाशित