back
NMB ad

४२.७१ प्रतिशतले गुडविल फाइनान्सको नाफा, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । गुडविल फाइनान्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले आइतबार सार्वजनिक गरेका वित्तीय विवरण अनुसार चालु आवको पुस मसान्तसम्ममा ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ४२.७१ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १९ करोड ५५ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष खुद ब्याज आम्दानी १३८.३५ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको उक्त अवधिमा ८ करोड २० लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा ११ करोड १५ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको संचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा भने ४२.२२ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ९६ करोड ८४ लाख ७ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा रहेको छ । यो आम्दानी गत वर्षको दोस्रो त्रैमासमा १२ रुपैयाँ ८० पैसा रहेको थियो ।

वि.सं.२०७८ माघ ९ आइतवार ११:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...