back
NMB ad

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

Kumari bank ad

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमा एक कार्यक्रम बिच “सिटिजन खबर” नामक जर्नलको विमोचन गरेको छ ।

कम्पनीले कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे यात्रा सम्पन्न गरे सँगै, सो अवधिसम्मका याद्गार पलहरुलाई सधँैको लागि साच्न सकियोस भन्ने उद्देश्यका साथ सिटिजन खबर सार्वजनीक गरेको हो ।

बीमाको सचेतना तथा सु–समाचार सहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यवसायिक उपलव्धिहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ ।

सिटिजन खबरको विमोचन यस कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणी खड्का, नायव महाप्रवन्धक दिप बहादुर बि. सी. साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा गरेका थिए ।

यस जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा उपलब्ध छ र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाईटमा पनि उपलब्ध छ । साथै आउने दिनहरुमा पनि यस जर्नलको प्रकाशन जारी रख्ने कम्पनीले जनाएको छ ।

हरेक परिस्थितिलाई अवसरको रुपमा लिदै आइरहेको यस कम्पनीले आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउने उद्धेश्यका साथ विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ । साथै जीवन बीमा सेवालाई सर्व सुलभ रुपमा हरेक नेपालीको पहुंचमा पु¥याइ उत्कृष्ट इन्स्योरेन्स कम्पनी बन्ने कम्पनीको यस यात्रामा सबैको साथ र खुशीका पलहरु सिर्जना गर्न सहयोगको अपेक्षा रहेको कम्पनीले जनाएको छ ।

साथै, वर्तमान अवस्था चाडंै नै अनुकुल भई दैनिकी सहज हुने अपेक्षा सहित स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सम्पूर्ण महानुभावहरुमा अनुरोध सहित सुस्वास्थको शुभकामना व्यक्त गरेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार १७:५० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...