back
NMB ad

एफ्एनसीसीआइका पुर्व अध्यक्ष मुरारका सहित ९ जना उद्योगी विरुद्ध भ्रष्टाचार मुद्धा, के हुन सक्छ कारबाही ?

Kumari bank ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी ढंगबाट चुनढुंगाको उत्खनन गरेको भन्दै ९ वटा कम्पनी र तिनका संचालक विरुद्ध विशेष अदालत काठमाडौंमा आरोरपत्र दायर गरेको छ । बुधबार दर्ता गरिएको सो आरोर–पत्रमा ९ वटै कम्पनीहरुबाट एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६४३ रुपैयाँ विगो दावी गरिएको छ ।

आयोगले नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारको सिद्धार्थ मिनरल्स प्रा.लि, विष्ण्ुाप्रसाद न्यौपानेको सर्वोत्तम सिमेन्ट लिमिटेड, सरद गोयलको मारुति सिमेन्ट लिमिटेड, ऋषी अग्रवालको अन्नपुर्ण क्वेरिज, प्रबलजंग पाण्डेको उदयपुर मिनरल्स टेक, नरेश दुगडको युनाइटेड सिमेन्ट, निपेश तायलको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, भिमबहादुर थापा क्षत्रीको कन्चन क्वेरिज र मानबहादुर श्रेष्ठको डेलोमाइट चुनढुंगा उद्योग विरुद्ध अदालतमा आरोर–पत्र दायर गरेको आयोगले जनाएको छ ।

आयोगका प्रबक्ता वेदप्रसाद भण्डारीका अनुसार ति ९ वटै कम्पनीका संचालक विरुद्ध खानी तथा भुगर्भ विभागबाट माइनिङ स्किममा तोकिएको स्वीकृत क्षमताभन्दा बढी चुनढुंगा उत्खनन गरेको, खानी तथा भुगर्भ विभागबाट विगतमा समेत विभिन्न मितिमा पत्राचार, निर्देशन दिइ जरिवाना सहितको कारबाही गरेको भएतापनि खानी तथा भुगर्भ विभागको निर्देशन नमानी अवैज्ञानिक ढंगले अधिक उत्पादन जारी राखेको देखिएको, खानीद्धारमा चुनढुंगाको परिमाण मापक यन्त्र पनि नराखी खानी तथा भुगर्भ विभागले तोकेको शर्तहरुको उल्लंघन गरेको पाइएकोले उनीहरुविरुद्ध भ्रष्टाचार गरेको कसुरमा आरोरपत्र दर्ता गरिएको हो ।

त्यस्तै उनीहरुले बेन्चिङ पद्धतिबाट चुनढुंंगा उत्खनन गर्नुपर्ने सामान्य सिद्धान्त समेत अवलम्बन नगरी अधिक उत्पादन गरी खानी वा खनिज पदार्थको भण्डारणमा क्षति पुर्याएको, वातावरणीय संरक्षण गर्ने कार्यालाई वेवास्ता गरी वातावरणमा नकारात्मक असर पुग्ने कार्य गरेको , खनिज भण्डारको दिगो उपयोगको सम्चावना समाप्त पारेको, ऐन र नियामावली विपरित काम गरेको, आफूलाई गैरकानुनी लाभ पुर्याउने वदनियतले खानी तथा भुगर्भ विभाग समक्ष गरेको कवुलियत अनुमतिपत्र तथा प्रतिज्ञापत्रको शर्त उल्लंघन हुने गरी प्रचतिल कानुनद्धारा निषेधित तवरबाट व्यवसाय गरेको र आफूलाई प्राप्त अधिकारको दुरुपायेग गरेको देखिएका पनि आयोगले दर्ता गरेको आरोरपत्रका उल्लेख गरिएको छ ।

आयोगले सवैभन्दा बढी मुरारकाको कम्पनीमाथि विगो दावी गरेको छ । मुरारकाको कम्पनी सिद्धार्थ मिनरल्स प्रा.लि विरुद्ध ४९ करोड ४५ लाख ५१ हजार ६६५ रुपैयाँ विगो दावी गरी अदालतमा आरोरपत्र दायर गरिएको छ ।

त्यस्तै सर्वोत्तम सिमेन्ट विरुद्ध, १६ करोड, मारुती सिमेन्ट २० करोड, अन्नपुर्ण क्वेरिज विरुद्ध ११ करोड, उदयपुर मिनरल्स विरुद्ध १ करोड ७९लाख, युनाइटेड विरुद्ध ९ करोड ६९ लाख, सोनापुर ६ करोड ९८ लाख, कन्चन म्वेरिज विरुद्ध ३ करोड र डोलोमाइट विरुद्ध ५ करोड ४३ लाख रुपैयाँ विगो दावी गरिएको प्रबक्ता भण्डारीले जानकारी दिए ।

आरोरपत्रमा उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ बमोजिम काराबाहीको माग गरिएको छ । सो ऐन अनुसार प्रचलित कानूनद्वारा निषेधित तवरबाट व्यवसाय गरेमा निजलाई कसूरको मात्रा अनुसार दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना गरी बिगो समेत जफत गरिने व्यवस्था रहेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ मा भएको व्यवस्था यस्तो छ । 

 

यी हुन् भ्रष्टाचारमा मुछिएका कम्पनी र उनीहरुसँग आयोगले दावी गरेको विगो रकम

वि.सं.२०७८ माघ १२ बुधवार १८:०५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...