back
NMB ad

घट्यो समता घरेलु लघुवित्तको नाफा: संचालन मुनाफा भने उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ३ करोड ५५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुुस मसान्तसम्मको तुलनामा भने २.४३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १३ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८७.९७ प्रतिशतले वृद्धि भई ११ करोड ७१ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यो आम्दानी ६ करोड २३ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफामा भने उल्लेखीय सुधार देखिएको छ । कम्पनीको संचालन मुनाफा ४७३.४५ प्रतिशतले वृद्धि भई १ करोड ९७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो मुनाफा ३४ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि १.३३ प्रतिशतले घटेर २.०९ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २ पैसाले घटेर २० रुपैयाँ ७३ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २० बिहीवार १०:३९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...