back
NMB ad

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति?

Kumari bank ad

काठमाडौं । आज अर्थात माघ २३ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

उक्त दिन लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल र जानकी फाइनान्सको लाभांश गर्ने अन्तिम दिन हो ।

यी दुवै कम्पनीहरुले वार्षिक साधरण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ २४ गते बुक क्लोज गर्ने भएका छन् ।

योसंगै कम्पनीहरुको सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म (माघ २३ गतेसम्म) सेयरधनी बनीसक्नुपर्नेछ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्नेभएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।

यस्तै, जानकी फाइनान्सले पनि सोमबार अर्थात माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । योसंगै कम्पनीको साधारण सभा भाग लिन र लाभांश पाउनका लागि माघ २३ गतेसम्म सेयरधनी बन्नुपर्नेछ ।

कम्पनीले गत आव २०७७–७८ को मुनाफाबाट सेयरधनीलाई १५.०७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमध्ये १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी फागुन ७ गते साधारण सभा बोलाएको छ ।

वि.सं.२०७८ माघ २३ आइतवार १२:०९ मा प्रकाशित

You can share this post!

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:३२

गोदार (धनुषा), ३१ वैशाख : जनकपुरमा सहकारीको रु ८० लाख...

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१४

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...