back
NMB ad

भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का ‘ओटीआर’ नेपाली बजारमा

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् ।

ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो ।

आज आयोजित एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे ।

सो अवसरमा अध्यक्ष सिंहले भने, ‘निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटीआर टायर गुणस्तरीय हुनु आवश्यक छ । गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको छ । एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।’

डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले भने, ‘हामीले नेपाली ग्राहकको चाहना अनुरुपका विश्व स्तरीय टायरहरु उपलब्ध गराउदै आएका छौ । यसैको निरन्तरताको रुपमा एसेन्सो ब्रान्ड भित्र्याएका हौं ।’ उनले यो ब्रान्ड नेपाली बजारमा रुचाइने अपेक्षा समेत गरे ।

यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ । भारतको प्रतिष्ठित महंसरिया परिवारद्वारा सञ्चालित यो तेस्रो उद्यम हो । बाबुछोरा अशोक महंसरिया र योगेश महंसरियाको ज्ञान, अनुभव र सफल ट्रयाक रेकर्ड यसमा प्रयोग भएको छ । तीन दशक भन्दा लामो समय देखि उनीहरुले विश्वमै लोकप्रिय अन्य दुई टायर ब्रान्ड समेत उपलब्ध गराइसकेका छन् ।

भारतको गुजरातस्थित पनौलाीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल यो ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित छ ।

वि.सं.२०७८ माघ २४ सोमवार १६:४५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...