back
NMB ad

नेपाल टेलिकमको नाफा ३ अर्ब ८९ करोड बढी: प्रतिसेयर आम्दानी पनि बढ्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने १८.५० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको ६ महिनको अवधिमा कम्पनीको बिक्री आम्दानी पनि ८.३६ प्रतिशतले वृद्धि भई १९ अर्ब २० लाख ७२ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी १७ अर्ब ७२ करोड ४९ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको कुल आम्दानी पनि ६.८७ प्रतिशतले वृद्धि २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ७८ अर्ब ५८ करोड २८ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ११ पैसाले वृद्धि ५१ रुपैयाँ ९७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २९ शनिवार १४:५८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...