काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न कम्पनीको करिब साढे दुई करोड बोनस सेयर सूचिकृत भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक, मेरो माईक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको कुल २ करोड ३४ लाख ३७ हजार १ सय ४८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत बोनस बापतको २ करोड ५ लाख २ हजार एक सय १८ दशमलव २३ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको २० लाख कित्ता सेयर सूचिकृत भएको हो ।
यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५ प्रतिशत बोनस बापतको ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएको हो । त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचिकृत भएको हो ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १५:२० मा प्रकाशित