काठमाडौ । गत आर्थिक बर्षमा सातवटा बाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंक व्यवस्था गरे अनुसारको प्राथमिक क्षेत्रमा कर्जा प्रबाह गरेनन् ।
केन्द्रिय बैंकले कुल लगानीको कम्तीमा २५ प्रतिशत लगानी प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने प्रावधान राखेको छ ।
प्राथमिकताप्राप्त क्षेत्र भन्नाले कृषि, उर्जा, पर्यटन र लघु घरेलु साना एवं मझौला उद्य हुन् । यी क्षेत्रमा क्रमशः १०, ५, ५ र ५ गरी कम्तीमा २५ प्रतिशत रकम अनिवार्य लगानी गर्नुपर्दछ ।
तर स्ट्यान्डर्ड चार्टड २०.१८, इन्भेष्टमेन्ट २२.८३, एनआइसी एसिया २३.८५, कुमारी बैंक २१.६८, लक्ष्मी २१.२२, प्रभु २१.५७ र सिभिल बैंक २३.०८ प्रतिशतले मात्र लगानी गरेका छन् ।
कोरोनाका कारण राष्ट्र बैंकले गत बर्ष कोरोना भएकोले प्राथमिकताप्राप्त क्षेत्रमा लगानी नपुर्याउने बैंकहरुलाई कुनै कारबाही गरेन ।
कुनैपनि बैंक तथा वित्तिय संस्थाले प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको लगानी नपुर्याए कारबाही भोग्नुपर्ने व्यवस्था छ ।
यसअघि हिमालयन र एट्यान्डर्ड बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको लगानी नपुर्याएको भन्दै कारबाही भोगेका थिए ।
वि.सं.२०७८ फागुन ४ बुधवार १९:४५ मा प्रकाशित