काठमाडौं । हिमालयन डिष्टिलरीले सेयरधनीहरुलाई लाभांश वितरण गरेको छ ।
कम्पनीले गत पुस २८ गते पारित गरेको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको हो ।
एक सूचना निकाल्दै कम्पनीले फागुन २ गतेदेखि सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जानकारी गराएको छ । कम्पनीको बोनस सेयर धितोपत्र दोस्रो बजारमा फागुन १ गते सूचीकृत भएको थियो ।
कम्पनीकर समेतको नगद लाभांश भने बोनस सेयर बापतको कर कट्टा गरी फागुन ४ गतेदेखि सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरिसकिएको बताएको छ ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १३:१७ मा प्रकाशित