back
NMB ad

दोस्रो त्रैमासमा आउँदा नाफामा ‘बोल्ड’ देखियो सानिमा लाईफ, यस्तो छ पाँच वर्षे इतिहास

Kumari bank ad

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आउँदा राम्रा वित्तीय सूचकहरु पस्किन सफल भयो ।

गत आर्थिक वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा चालु आर्थिक वर्षको पुससम्म कमाएको नाफाको वृद्धि प्रतिशत अरु बीमा कम्पनीको भन्दा अगाडी हुन आयो ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउँदा ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ नाफा कमाउको छ ।

जुन गत आर्थिक वर्षको तुलनामा करिब ७० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आउँदा कम्नीले मात्रै ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसो त कम्पनीलाई यो आर्थिक वर्षमा बढी भन्दा बढी व्यावसाय विस्तार गरेर मुनाफा कमाउनुपर्ने थप जिम्मेबारी छ । किनभने गत साउनमा मात्रै कम्पनीले साधारण सेयर जारी गरेको थियो । कम्पनीको सेयर पब्लिक र कर्मचारीसम्म आईसकेपछि कम्पनी हरेक आर्थिक वर्षको अन्त्यमा शेयरधनिहरुलाई दिने प्रतिफलप्रति थप उत्तरदायी बन्छ ।

फलस्वरुप कम्पनीको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा लगानीकर्ताको अपेक्षालाई निरास हुन नदिने नै देखिन्छ । वित्तीय विवरण अनुसार कम्पनीको समिक्षा अवधिमा खुद बिमा शुल्क आम्दानीमा पनि करिब २२ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ९ करोड ६३ लाख ४३ हजार खुद बिमा शुल्क आर्जन गरेकोमा अहिले सोही अवधिमा ११ करोड ६२ लाख १७ हजार रुपैयाँ बिमा खुल बिमा शुल्क आर्जन गरेको छ ।

सानिमाले कम्पनी सञ्चालनका लागि २०७४ असोज ७ गते लाईसेन्स प्राप्त गरेर सोही मंसिर २२ गतेदेखि कारोबार सुरु गरेको थियो । कम्पनी सुरु गर्दा चुक्ता पुजीँ १ अर्ब ४० करोड १३ लाख १६ हजार रुपैयाँ थिया अहिले २ अर्ब पुगेको छ ।

बीमा समितिले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ७ (१)’ मा जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका बीमकका हकमा २०७५ साल आषाढ मसान्तसम्ममा चुक्ता पूँजी कम्तीमा रु.२ अर्ब पु¥याउनुपर्ने प्रावधान रहेकोले कम्पनीले सोही अनुरुप पूजीँ वृद्धि गरी हाल न्युनतम हुनुपर्ने चुक्ता पूजीँ कायम गरेको छ ।

कम्पनी संञ्चालनदेखि अहिलेसम्म कुन वर्ष चुक्त पूजीँ कति कायम रह्यो ?

जगेडा कोष,
हरेक कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्ता पुँजी लगत्तै ‘रिजर्भ’ अर्थात जगेडा कोष देखाईएको हुन्छ । जुन संभावित जोखिमलाई मध्यनजर गर्दै कम्पनीहरुले खडा गर्ने गछन् । यसले प्रतिकुल अवस्थाको सामना गर्ने क्षमतालाई दर्शाउँछ । यो कोषको आकार जति बलियो हुन्छ, त्यति बैंकहरुको जोखिम वहन क्षमता मजबुत भएको मानिन्छ। फलस्वरुप त्यस्तै लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्नुअघि विषेश ध्यान दिने गर्छन् ।
हेरौँ अहिलेसम्म कम्पनीको जगेडा कोषः

जीबन बिमा कोष
बीमा कम्पनीहरुले आर्जन गरेको बीमाशुल्क बाट व्यवस्था, दाबी लगायतका खर्च घटाएर बाँकी रहेको रकम नै बीमा कोषको रकम हो । कम्पनीहरुले विमितहरुलाई भुक्तानी गर्नुपर्ने रकम गणना गरी बीमा कोषमा रकम जम्मा गर्ने गछन् । बर्षको अन्त्यमा उक्त रकम कम वा बढी छ भनेर कम्पनीहरुले बिमांकीय मूल्यांकन गर्छन् ।

उक्त कोष बापतको रकम रकम बढी देखिएमा बढी भएको रकमको १० प्रतिशत लगानीकर्तालाई वितरण गर्छन् भने ९० प्रतिशत बीमितको कोषमा नै जम्मा गरिन्छ । यसरी बीमा कोषमा भएको रकम लगानी गरी कम्पनीहरुले आम्दानी गर्छन् । अहिलेको अवस्थामा लगानीको लागि बीमा समितिले निश्चित क्षेत्रहरु तोकिदिएको छ ।
हेरौँ कम्पनीको अहिलेसम्मको जीवन बिमा कोषको अवस्थाः

प्रत्येक आर्थिक वर्षको दोस्रो त्रैमासमा देखिएको खुद बिमा शूल्क आर्जन


प्रत्येक आर्थिक वर्षको दोस्रो त्रैमासमा देखिएको खुद दाबी भुक्तानी


प्रत्येक वर्षको दोस्रो त्रैमासमा देखिएको कुल बिमा शूल्क आर्जन

खुद नाफा
कुल नाफामा व्यवसायले आर्जन गरेको अप्रत्यक्ष आम्दानी जोडेर आएको रकममा अप्रत्यक्ष खर्चहरु घटाएर खुद नाफा निकालिन्छ ।
हेरौँ कम्पनीको अहिलेसम्मको खुद नाफा आर्जनको अवस्थाः

प्रति शेयर आम्दानी र नेटवर्थ

 

 

वि.सं.२०७८ फागुन ६ शुक्रवार १६:०३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...