काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार लक्ष्मी बैंक र सनराइज बैंकको १४ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
जसम्ध्ये लक्ष्मी बैंकको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले ८ प्रतिशत बोनस सेयर बापत उक्त सेयर सूचीकृत गराएको हो ।
यस्तै, नेप्सेमा सनराइज बैंकको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले ६.६५ प्रतिशत बापतको उक्त बोनस सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७८ फागुन ८ आइतवार १४:३८ मा प्रकाशित