back
NMB ad

ज्योति लाईफको ‘ज्योति बुट’ मा थप सुविधा

Kumari bank ad

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिलाई ध्यानमा राखी नयाँ नयाँ सुबिधा थप्दै जाने क्रममा ज्योति बुट लाई अझ बढी गुणस्तरीय र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको छ ।

ज्योति बुट कार्यन्वयनमा ल्याए पश्चात कम्पनीका कर्मचारीले भौतिक रुपमा प्रतिक्रिया दिने क्रम दिनानुदिन घट्दै गएको तथ्य सार्वजनिक गर्दै, प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित च्याटबटमा ल्याइएको प्रविधिमैत्री परिमार्जनले पहिले भन्दा अझ बढि गुणस्तरीय र प्रभावकारी सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरु लाई दिने विश्वास कम्पनीले लिएको छ ।

करिब छ महिना अघि संचालनमा ल्याएको ज्योति बुटले विभिन्न कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाईल एपबाटै विभिन्न सेवाहरुको जानकारी दिने गरेको छ ।

बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धी जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, डाउनलोडहरु तथा अन्य सेवाहरुको जानकारी स्वचालित रुपमै दिदैं आएको थियो । ्

सोहि सुविधालाई अझ बढी सहज गराउनको लागि अनलाईन भुक्तानी, दाबी प्रकृया तथा बैदेशिक रोजगार सम्बन्धि अनलाईन लगइन सम्बन्धमा थप जानकारी पनि राखिएको छ ।

सेवाग्राहीहरुले सोझै च्याट मार्फत आफ्ना बिवरणहरु जस्तैस सम्पर्क नम्बर, ठेगाना, इमेल, हकवालाको नाम, स्थाई लेखा नम्बर, बैङ्क खाता नम्बर, जन्म मिति अद्यावधिक गर्ने तथा लाईसेन्स नवीकरण सम्बन्धि जानकारी लिन सकिने साथै ग्राहकबर्गले च्याटबटको सुची बाहेक लेखेर सोधिएको प्रश्नहरु पनि ज्योति बुटले किवर्ड प्रोसेसिङ्ग गरि जिज्ञाशाको उत्तर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार सेवाग्राहीलाई गुणस्तरीय तथा प्रभावकारी रुपले सेवा प्रदान उद्देश्यले ज्योति बुट को थप सुबिधा प्रारम्भ गरेको र निकट भविष्यमा अन्य सेवाहरु सम्बन्धि जानकारी दिने कुरामा आफ्ना सेवाग्राही, अभिकर्ता तथा अन्य सर्वसाधारण लाई बिश्वश्त हुन अनुरोध गरेको छ ।

वि.सं.२०७८ फागुन ८ आइतवार १६:१६ मा प्रकाशित

You can share this post!

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...