back
NMB ad

सूर्या लाइफले सेयर संचरना परिवर्तन गर्दै, संस्थापक र सर्वसाधारणको हिस्सा कति–कति?

Kumari bank ad

काठमाडौं । सूर्या लाइफले कम्पनीको सेयर संरचना परिर्वतन गर्न लागेको छ ।

कम्पनीले संस्थापक सेयरको हिस्सा घटाएर सर्वसाधरणको सेयर हिस्सा बढाउन लागेको हो ।

कम्पनीले हाल कायम संस्थापक तथा सर्वसाधारण शेयरधनीको अनुपात ६०ः४० रहेको छ । कम्पनीले यसलाई परिर्वतन गरेर ५१ः४९ प्रतिशत कायम गर्न लागेको हो ।

संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्न नचाहने शेयरधनीलाई ७ दिन भित्रमा स्वघोषणा गर्नको लागि पनि कम्पनीले आग्रह गरेको छ । संस्थापक शेयरधनी मध्य कसैले आफ्नो सेयर हिस्सा परिवर्तन गर्न नचाहेमा कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिन सकिने कम्पनीले जनाएको हो ।

यदि कुनै पनि शेयरधनीहरुले परिवर्तन गर्न नचाहेको स्वघोषणा नगरेमा स्वत तोकिए बमोजीमको शेयर सर्वसाधारण समुहमा परिणत हुनेछ । कम्पनीले गत पुस १९ गतेको १३ औ वार्षिक साधारणसभाबाट शेयरधनी संचरना परिवर्तनको निर्णय पारित गरेको थियो । साधारणसभाबाट उक्त प्रस्ताव पारित भए सँगै आवस्यक प्रकृयाँ अगाडी बढाएको हो ।

सूर्या लाइफको हालको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १०० रुपैयाँ रहेको छ । हाल संस्थापक समुह तर्फ एक अर्ब ५३ करोड रुपैयाँ छ । संरचना परिवर्तन पछि संस्थापक शेयरधनीको २२ करोड ९५ लाख रुपैयाँको पूँजी स्वत सर्वसाधारण समुहको हुने छ । अर्थात संस्थापक शेयरधनीहरुको २ लाख २९ हजार ५२५ कित्ता दोस्रो बजारमा सजिलै कारोबार योग्य हुनेछ । हाल कम्पनीको सर्वसाधारण समुहको शेयर मूल्य ७४१ रुपैयाँ छ । संस्थापक शेयरधनीहरुले १००/२०० रुपैयाँको संस्थापक शेयर दोस्रो बजारबाट ७४१ रुपैयाँमा खरिद बिक्री गर्न पाउने छन् । यसबाट संस्थापक शेयरधनीहरु लाभांन्वित हुनेछन् ।

वि.सं.२०७८ फागुन ९ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...