back
NMB ad

फेरि थप चार कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । थप चार कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छन् । पछिल्लो एक सातामा दुई वटा इन्स्योरेन्स र दुई लघुवित्त वित्तीय कम्पनीहरुले लाभांश प्रस्ताव गरेका हुन् ।

यस साता सगरमाथा इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स नयाँ सारथी लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।

सगरमाथा इन्स्योरेन्स : सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बिहीवार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई २१.०५२६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

एभरेष्ट इन्स्योरेन्स : एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन १० गते मंगलबार बसको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ६.०३१५८ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर बापत ०.३१५८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश बीमाबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

नयाँ सारथी लघुवित्त : नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

फागुन १० गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताको लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल चुक्त पुजीँ २५ करोड ४९ लाखको १९ प्रतिशतले हुन आउने ४ करोड ८४ लाख ४१ हजार रुपैयाँ बराबरको बोनस दिन लागेको हो ।

साथै उक्त बोनस सेयरको लागि साविक सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था मर्जर प्रकृया सम्पन्न गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार प्रारम्भ भएको २०७७ आश्विन ५ गते पश्चात शेयर खरिद गरेका सेयरधनीहरुको लागि आयकर लाग्ने भएकाले करयोग्य बोनस सेयरको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने भएको छ ।

जीवन विकास लघुवित्त : जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको शनिबार बसेको संचालनक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफबाट सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार १६:४३ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...