back
NMB ad

१६ प्रतिशत तोकियो सहकारीको सन्दर्भ व्याजदर

Kumari bank ad

काठमाडौं । सहकारी विभागले सहकारी सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । शुक्रबार बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले सहकारीमा १६ प्रतिशत ब्याजदर तोकेको हो ।

समितिका सदस्य तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लका अनुसार राष्टिय सहकारी महासंघले तरलता अभावका कारण १७ प्रतिशत व्याजदर बनाउन सुझाव दिएपनि व्याजदर निर्धारणका लागि तोकिएको प्राविधिक उपसमितिले दिएको सुझाव र अर्थमन्त्रालय, सहकारी मन्त्रालय लगायतका सहमतिमा १६ प्रतिशत तोकिएको हो ।

सन्दर्भ व्याजदर निर्धाणका लागि बनाइएको प्राविधिक उपसमितिले १६.२२ प्रतिशत बनाउनु उपयुक्त हुने प्रतिबेदन दिएको थियो । लामोसमयदेखि सन्दर्भ व्याजदर परिवर्तन हुन नसक्दा तरलता अभावका कारण सहकारीको रकम बैंकहरुमा गइरहेको गुनासो सहकारीहरुले गरेका थिए ।

सन्दर्भ व्याजदर तोक्नका लागि पटक पटक सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको भए पनि निस्कर्षमा पुग्न सकेको थिएन । यसअघि सहकारीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशत तोकिएको थियो ।

नयाँ तोकिएको व्याजदर आगामी आइतबारदेखि लागु हुने विभागले जनाएको छ। बैठकले अब चार/चार महिनामा नियमित रुपमा बैठक बसी सन्दर्भ ब्याजदरको विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ ।

 

वि.सं.२०७८ फागुन १३ शुक्रवार १८:०७ मा प्रकाशित

You can share this post!

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...