back
NMB ad

पुल बनाउने जिम्मा लिएर ठेकेदार गायब, नदीमाथि काठको फड्के

Kumari bank ad

पोखरा । खोलामा राखिएका काठेपुल ‘रिप्लेस’ गर्न २० फागुनदेखि मनाङ जाने बाटो बन्द हुँदैछ । गत असार र साउनमा आएको बाढीले बगाएपछि तिमाङ छहरामा ६ महिनाअघि काठको फड्के राखिएको थियो । निरन्तरको वर्षा र हिमपातले उक्त पुल मक्किएको छ । अहिले त्यहाँ कल्भर्ट राख्न लागिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

म्यार्दी खोलामा दुई वर्षअघि पक्की पुल बनेपछि काठको पुलबाट गाडी तार्नुपर्ने बाध्यता हटेको छ । घोप्टेभिरमा पनि अघिल्लो वर्षसम्म काठकै पुल तरेर गाडीहरू आउजाउ गर्थे, अहिले त्यहाँ बेलिब्रिज राखिएको छ ।

यसबाहेक मनाङका अधिकांश खोला र नदीमाथी काठकै पुल छन्, जुन वर्षेनी नयाँ फेरिरहनुपर्छ । दुई साताअघि मनाङको नासों गाउँपालिकाको थोंचेदेखि तिल्चे जाने बाटोमा दुधखोलामाथि स्थानीयले काठेपुल हालेका छन् । ठेकेदारले पक्की पुल बनाउन ६ वर्षअघि ठेक्का लिएर पनि काम नगरेपछि त्यहाँ गाडी पार गर्न काठको पुल हालिएको हो । दुई सय १९ जना खेताला लगाएर काठको पुल जोडिएको त्यहाँका वडाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

२०७३ सालको असारमा ठेक्का लागेको यो पुल एक वर्षभित्रै सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म निर्माण अघि बढेको छैन । भ्याटबाहेक तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारेपनि ठेकेदारले पटकपटक गरेर करिब एक करोड ३२ लाख रुपैयाँ निकासा पाइसकेको छ । पुल बनाउन मृत सञ्जीवनी, खड्का र क्याराभान कम्पनीले ज्वाइन्ट भेन्चरमा कामको जिम्मा लिएका हुन् । यही खोला तरेर छिमेकी जिल्ला गोरखा र उत्तरी छिमेकी देश चीन जोडिन्छ ।

‘ठेकेदारले पुल बनाउने पैसा लग्यो । दिनदिनै अनुनय गर्छौं तर कसैले मतलव गर्दैनन्,’ गुरुङले भने, ‘सरकारभन्दा ठेकेदार बलियो भएको देशमा कसलाई के सुनाउनु रु’ त्यहाँको मात्रै होइन, क्याराभानले नै जिम्मा लिएको हुम्डे पुल पनि अलपत्र छ । जिल्लाका ६ वटा पुल अहिले पनि अलपत्र अवस्थामा छन् । सबैको ठेक्का क्याराभानले नै लिएको हो । पिसाङ र मुङजीमा निर्माणाधीन पुलको कुनै टुंगो छैन । तिमाङमा सकिनै लागेको पुल असारको बाढीले बगाएको छ ।

काठेपुल तत्कालको विकल्प भए पनि बर्खा लागेपछि जोखिम बढ्ने उनको भनाइ छ । ‘अहिले त्यत्रो खर्च लगाएर हालेको पुल बर्खा नलाग्दै भाँचिन्छ । पानीमा काठ खासै टिक्दैन,’ उनले भने, ‘पक्की पुल नबनाएसम्म स्थायी समाधान देख्दिनँ । राज्यले ध्यान दिओस् ।’ ठेकेदारको चरम लापरबाहीका कारण त्यहाँका नागरिकले सास्ती भोग्नुपरेको छ ।

काठेपुलकै भरमा ठूला गाडी समेत तर्दा जोखिम बढेको स्थानीयहरु बताउँछन् । नासों गाउँपालिका अध्यक्ष चन्द्र घले नयाँ टेन्डर निकालेर भए पनि पुल बनाउनुपर्ने बताउँछन् । ‘सात वर्षअघि पुलको ठेक्का दिएको हो । अहिलेसम्म हालत यस्तो छ,’ उनले भने, ‘गर्छ भने यही ठेकेदारलाई लाउनुपर्‍यो । नत्र ठेक्का तोडेर नयाँ टेन्डर निकाल्नुपर्‍यो ।’

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गाडीको चाप बढेपछि पक्की पुल अनिवार्य भएको बताए । ‘मनाङमा मान्छे मात्रै होइन गाडी पनि काठकै पुलबाट तर्छन् । पछिल्ला वर्षहरूमा पर्यटकको चाप बढ्दै छ । ठूला गाडीहरू पनि आउन थाले,’ उनी भन्छन्, ‘काठेपुलले अब धान्दैन । तर जबर्जस्ती गर्नुपर्ने बाध्यता छ ।’ सडक आयोजनाले चामे जाने बाटोमा २१ वटा पक्की पुल बनाउनुपर्ने प्रस्ताव सरकारलाई गरेको छ । तर निर्माण प्रक्रिया अघि बढेको छैन । न्यूज कारखाना

वि.सं.२०७८ फागुन १५ आइतवार १३:५२ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...