काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सेञ्चुरी कमर्सियल बैंक ९५ लाख ९९ हजार कित्ता बढी बोनस सेयर सूचीकृत भएको हो ।
बुधवार नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशत बापतको २८ लाख ७३ हजार ८७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यस्तै, प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बापतको १५ लाख ३१ हजार २४८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यसैगरि आज नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको ५.७५ प्रतिशत बापतको ५१ लाख ९४ हजार ७९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
वि.सं.२०७८ फागुन १८ बुधवार १६:३७ मा प्रकाशित