back
NMB ad

निर्जीवन बिमा कम्पनीहरुको पोलिसि बिक्रिदर खस्किदो, सरकारी १ सहित ३ बाहेक सबैको ओरालो यात्रा

Kumari bank ad

काठमाडौँ । माघ महिनामा निर्जीवन बिमा कम्पनीहरुको बिमालेख(बिमा पोलिसि) बिक्रि संख्यामा गिरावट आएको छ ।

अघिल्लो महिनाको तुलनामा माघमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी सहित तीन कम्पनी बाहेक सबै कम्पनीको पोलिसि बिक्रिमा गिरावट आएको हो ।

माघ महिनामा मात्रै हाल सञ्चालनमा रहेका निर्जीबन बीमा कम्पनीहरुले कुल २ लाख २० हजार २ सय ७२ पोलिसि बिक्रि गरेका छन् । जबकी पुस महिनामा यी कम्पनीहरुले कुल २ लाख ६१ हजार ६ सय ८७ पोलिसि बिक्रि गरेका थिए । हाल नेपालमा २० वटा निर्जिबन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । यो तथ्यांक सोही कम्पनीहरुको हो ।

यो पछिल्लो एक महिनाको अवधिमा सरकारी कम्पनी संस्थानले भने बिक्रि पोलिसी ३८ प्रतिशतले बढाएको छ । पुसमा भन्दा माघमा संस्थानले २ हजार ३ सय ४६ संख्याले बढी पोलिसी बिक्रि गरेको हो । अर्थात पुस महिनामा ६ हजार १६ पोलिसि बिक्रि गरेकोमा माघमा ८ हजार ३ सय ६२ पोलिसि बिक्रि गरेको छ । त्यस्तै माघमा पोलिसि संख्या बिक्रि दर बढाउनेमा प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्स रहेका छन् ।

यता निजी लगानीको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भने पोलिसि बिक्रिमा सबैभन्दा सुस्तता देखिएको छ । कम्पनीको पोलिसि बिक्रि दर अघिल्लो महिनाको तुलनामा ३२ प्रतिशतले घटेको हो । अर्थात पुसमा १६ हजार ४२ पोलिसि बिक्रि गरेकोमा माघमा मात्रै १० हजार ७ सय ५४ पोलिसि बिक्रि गरेको हो ।

 

वि.सं.२०७८ फागुन १९ बिहीवार १८:१९ मा प्रकाशित

You can share this post!

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...