काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा चिलिमे हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार कम्पनीको ७.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ४७ लाख १० हजार ५५४.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।
वि.सं.२०७८ फागुन २२ आइतवार १५:४८ मा प्रकाशित