back
NMB ad

आइएमई जनरल इन्स्योरेन्सद्धारा पोलिसि सहित दुई सेवा सार्वजनीक

Kumari bank ad

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई सेवाहरु सार्वजनीक गरेको छ ।

कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै आईजिआई हेल्थपल्स बीमालेख र आईजीआई इजी क्यासलेख क्ल्याम सेटलमेन्ट पोलिसि अन्र्तगतका सेवाहरुमा थप सेवा प्रदान गरेको हो ।

आइजिआई हेल्थपल्स बीमालेख
व्यक्ति तथा परिवारको स्वास्थ प्रतिको संवेदनशीलता र चासो दिन प्रति दिन बढिरहेको समयमा कम्पनीले यसैको मध्येनजर गर्दै दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने गरि आइजिआई हेल्थ प्लस बीमालेख ल्याएको छ ।

यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।

क. दुर्घटना बीमाः यस बीमालेख अन्तर्गत बीमलेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित रु.५ लाख देखि १५ लाख सीमा सम्मको सुविधाहरु प्रदान गरिनेछ ।

ख. औषधोपचार बीमाः यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारिरीक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च रु.१ लाख देखि ५ लाखसम्म नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।

ग. घातक रोगः यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम रु. ५ लाख तुरुन्त भुक्तानी गरिनेछ ।

–परिवारको हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ बर्ष देखी २४ वर्ष सम्म, अबिबाहित तथा रोजगारी नभएको हुनुपर्ने ।

–५० बर्ष भन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्नेछ ।

–बीमालेख जारी गरिएको मितिले औषधोउपचार बीमा अन्तर्गत ३० दिनको, घातक रोगको लागी ९० दिनको रMaternity को लागि ९ महिनाको Waiting Period लाग्ने छ ।

–औषधोपचार बीमालेख अन्तगर्र्त नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिने छ ।

–यस बीमालेख अन्तर्गत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ ।
–यस बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।

आईजीआई इजी क्यासलेस क्यालेम सेटलमेन्टः

यो सेवा हाललाई काठमाण्डौं उपत्यका भित्र लागु हुनेछ । कम्पनीबाट आफनो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकमहानुभावहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ ।

यस अवसरमा स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संझौतापत्रमा हस्ताक्षर गरी सेवाको शुरुवात गरेका छन् ।

कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेश्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।

यु रजिष्टार,
आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्नरमा फोन, एसएमएस, भाईबर तथा ह्वाट्सअप मार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ । यसको विवरण कम्पनीको वेवसाइड र फेसबुक पेजमा उपलबध रहने छ ।

वि पिकअप
क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरी स्थित स्पार्क अटोकेयर प्रा.लि को सर्भिस सेण्टरसम्म तानेर लानुपर्ने भएमा कम्पनीलाई जानकारी प्राप्त भएको २४ घण्टभित्र स्पार्क अटोकेयरले आप्mनै खर्चमा क्षति भएको सवारी साधनलाई मर्मतको लागि लिएर जानेछ ।

यु रिल्याक्स
सवारी साधन सर्भिस सेण्टरमा पु¥याए पश्चात स्पार्क अटोकेयरबाट दुर्घटनाग्रस्त सवारीको जांच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ ।
मर्मत संभार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै सर्भिस सेण्टर कम्पनीलाई भुक्तानी गर्ने छ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी स्पार्क अटोकेयरबाट भई रहनेछ ।

वी डेलिभर
मर्मत भई तयार भएको सवारी साधन स्पार्क अटोकेयरले आफैंले काठमाण्डौं उपत्यका भित्र सावरी धनीको घरसम्म पु¥याउने व्यवस्था मिलाईएको छ ।

यसरी सहज र सरल रुपमा निजी सवारी धनीहरुले नगद सहित दावी सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकालको सभापतित्व रहेको थियो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यता तथा आईएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडल सहित कम्पनीका संचालक समितिका पदाधिकारीहरु, स्पार्क अटोकेयर प्रा.लि. का अध्यक्ष रोशन घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा पदाधिकारीहरु, विभिन्न संचार माध्यामका पदाधिकारी तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । ।

वि.सं.२०७८ फागुन २४ मंगलवार ११:४१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...