back
NMB ad

कस्तो छ त एफपीओ निष्काशनको तयारीमा रहेको समता घरेलु लघुवित्त वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । एफपीओ निष्काशनको तयारीमा रहेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को ३ करोड ५५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको पुुस मसान्तसम्मको तुलनामा भने २.४३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १३ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८७.९७ प्रतिशतले वृद्धि भई ११ करोड ७१ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यो आम्दानी ६ करोड २३ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफामा भने उल्लेखीय सुधार देखिएको छ । कम्पनीको संचालन मुनाफा ४७३.४५ प्रतिशतले वृद्धि भई १ करोड ९७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो मुनाफा ३४ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि १.३३ प्रतिशतले घटेर २.०९ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २ पैसाले घटेर २० रुपैयाँ ७३ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

कम्पनीले १०० अंकित दर २ करोड ८९ लाख ४४ हजार रुपैयाँबराबरको कुल २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्ने भएको छ ।

साविक समता लघुवित्त र घरेलु लघुवित्तबीच १००ः८० सेयर स्वाप रेसियो कायम हुने गरी आपसमा गाभिएका थिए । त्यसपछि संस्थाको कुल चुक्तापुँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँको २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस सेयर वितरणपछि संस्थाको चुक्तापुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ पुगेको छ ।

अब संस्थाले सेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी जारी हुन बाँकी सेयर एफपीओद्वारा सर्वसाधारणमा जारी गर्न लागेको हो।

यसैबीच संस्थाले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १२:२७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...