back
NMB ad

यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० देश, कुनसँग कति छ घाटा ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ भने १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात ।

विभागको तथ्याङ्क अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा १० देशसँग रहेको छ । ती १० देशमा क्रमसः भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया र बंगलादेश रहेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेको सूचीको पहिलो नम्बरमा पर्छ– भारत । पछिल्लो सात महिनामा नेपालको भारतसँग व्यापार घाटा ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख ६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा भारतबाट नेपालमा ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख ९४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट भारतमा १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख ८७ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ । चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालको चीनसँग व्यापार घाटा १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख २८ हजार रहेको छ । यो समयमा चीनबाट नेपालमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख ४३ हजार रुपैयाँ र नेपालबाट चीनमा ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ । यस वर्ष इन्डोनेसियासँग नेपालको व्यापार घाटा ३५ अर्ब ३४ करोड ९७ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा इन्डोनेसियाबाट नेपालमा ३५ अर्ब ३७ करोड ४१ लाख ३९ हजार रुपैयाँ र नेपालबाट इन्डोनेसियामा २ करोड ४३ लाख ५२ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको चौंथो ठूलो व्यापार घाटा युएईसँग रहेको छ । पछिल्लो सात महिनामा युएईसँग नेपालाको व्यापार घाटा ३१ अर्ब ४५ करोड ८५ लाख ३१ हजार रुपैयाँ रहेको छ । यस वर्ष नेपालले युएईबाट ३१ अर्ब ७४ करोड २७ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही समयमा नेपालले युएईमा २८ करोड ४२ लाख ६१ हजार रुपैयाँको वस्तु पठाएको छ ।

नेपालको पाँचौ ठूलो व्यापार घाटा अर्जेन्टिनासँग रहेको छ । बितेका सात महिनामा अर्जेन्टिनासँग नेपालको व्यापार घाटा २८ अर्ब ८९ करोड ८ लाख ११ हजार रुपैयाँ पुगेको छ । सो समयमा अर्जेन्टिनाबाट नेपालमा २८ अर्ब ८९ करोड २२ लाख १ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट अर्जेन्टिनामा मात्र १३ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

नेपालको छैठौं ठूलो व्यापार घाटा अमेरिकासँग रहेको छ । वितेको सात महिनामा अमेरिकासँग नेपालको व्यापार घाटा २० अर्ब ११ करोड ६४ लाख १६ हजार रुपैयाँ रहको छ । उक्त अवधिमा अमेरिकाबाट नेपालमा ३० अर्ब ३ करोड २१ लाख ६० हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट अमेरिकामा ९ अर्ब ९१ करोड ५७ लाख ४४ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको सातौं ठूलो व्यापार घाटा अष्ट्रेलियासँग छ । भन्सार विभागका अनुसार पछिल्ला सात महिनामा नेपालको अष्ट्रेलियासँग व्यापार घाटा १५ अर्ब ६४ करोड ३४ लाख ६१ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा अष्ट्रेलियाबाट १६ अर्ब २८ करोड ६९ लाख ६८ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट ६४ करोड ३५ लाख ७ हजार रुपैयाँको वस्तु अष्ट्रेलिया निर्यात भएको छ ।

नेपालको आठौं ठूलो व्यापार घाटा युक्रेनसँग रहेको छ । यस वर्ष नेपालको युक्रेनसँग व्यापार घाटा १४ अर्ब ४२ करोड १७ लाख ८३ हजार रुपैयाँ पुगेको छ । नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँको वस्तु आयात गरेको छ । नेपालले भने मात्र १५ लाख ७८ हजार रुपैयाँको वस्तु युक्रेनमा निर्यात गरेको छ ।

नेपालको नवौं ठूलो व्यापार घाटा हुने राष्ट्र मलेसिया हो । मलेसियासँग बितेका सात महिनामा व्यापार घाटा ११ अर्ब ५० करोड ५८ लाख १९ हजार रुपैयाँ रहेको छ । सो अवधिमा मलेसियाबाट ११ अर्ब ५६ करोड ७३ लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट ६ करोड १५ लाख १६ हजार रुपैयाँको वस्तु मलेसिया गएको छ ।

नेपालको १०औं ठूलो व्यापार घाटा बंगलादेशसँग रहेको छ । गत साउनदेखि माघसम्म बंगलादेशसँग नेपालको व्यापार घाटा ७ अर्ब ४२ करोड ३० लाख ९० हजार रुपैयाँ रहेको छ । सो समयमा बंगलादेशबाट नेपालमा ७ अर्ब ८५ करोड ६० लाख २८ हजार रुपैयाँको वस्तु आयात र नेपालबाट बंगलादेशमा ४३ करोड २९ लाख ३८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १३:१० मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...