back
NMB ad

तीन कम्पनीको एफपीओ आउँदै, कुनको वित्तीय अवस्था कस्तो ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । विभिन्न तीन कम्पनीहरुले एफपीओ निष्काशन गर्ने भएका छन् ।

तीन माइक्रोफाइनान्स कम्पनीहरुले एफपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् ।

एफपीओ निष्काशनका लागि किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले बोर्डमा निवेदन दिएका छन् ।

यी तीन वटै कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक गरेका छन् । कुनको वित्तीय अवस्था कस्तो छ ?

किसान लघुवित्त

किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ नाफा गरेको छ ।

जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा २१.६२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७२ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २.३६ प्रतिशतले वृद्धि भई १७ करोड ५१ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी १७ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालनमा मुनाफा भने ८३.२२ प्रतिशतले वृद्धि भई ६ करोड ५४ लाख २९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिमा भने ३ करोड ५७ लाख ११ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३७ करोड १३ लाख १४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि २.७७ प्रतिशतले घटेर ४.७३ प्रतिशतमा झरेको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ६४ लाख १० हजार रुपैयाँ खराब कर्जा संकलन गरेको हो ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसाले वृद्धि भई २३ रुपैयाँ ४ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा रहेको छ ।

कम्पनीले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले एफपीओ निष्काशनका लागि गत असार २९ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

मिर्मिरे लघुवित्त

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा १२ करोड १६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६१.८७ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ५८.७० प्रतिशतले वृद्धि भई २८ करोड ४५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो नाफा १७ करोड ९२ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको संचालन मुनाफा १९ करोड ३० लाख ७० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने कम्पनीले ४४ करोड ८४ लाख ३२ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा २.८० प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा घटेर १.५५ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७ पैसा रहेको छ ।
कम्पनीले ९१ लाख २३ हजार ९८४ रुपैैयाँ बराबरको एफपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशनका लागि गत कात्तिक २३ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

नयाँ सारथी लघुवित्त

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा ४ करोड ६३ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा भने ९.५४ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तमा कम्पनीले ५ करोड ११ लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.२९ प्रतिशतले वृद्धि भई १३ करोड २८ लाख ५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यो आम्दानी ११ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, चालु आवको पुस मसान्तसम्ममा कम्पनीको संचालन मुनाफा ७ करोड ७५ लाख ६९ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही वर्षको सोही भने कम्पनीको यो मुनाफा ३६ करोड २ लाख ८३ हजार रुपैयाँ घाटामा रहेको थियो ।

उक्त अवधिमा कम्पनीले २९ लाख ८० हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ । कम्पनीको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने १.३९ प्रतिशतले वृद्धि भई ४.२५ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेको छ ।

कम्पनीले ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्न लागेको छ ।

उक्त एफपीओ निष्काशनका लागि कम्पनीले गत भदौ ९ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ फागुन २५ बुधवार १५:३३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...