back
NMB ad

दूध उत्पादन गर्ने महिला उद्यमीलाई ५‍० प्रतिशत अनुदानमा ट्यांकर

Kumari bank ad

जुम्ला । महिला उद्यमीको सहजताका लागि पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले अनुदानमा दूध ट्यांकर उपलब्ध गराएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्यांकर उपलब्ध गराएको हो ।

ट्यांकर पाएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्यांकर उपलब्ध गराइएको उनको भनाइ छ । कार्यालयले ३०लाख ६० हजार मूल्यको ट्यांकर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

वातावरण अनुकूलित दुवानी साधन, खरिद जडान अनुदन कार्यक्रममार्फत दुध किसानले पाएको उनले बताए । ‘हामीले प्रस्तावना मागेका थियौ । जसमा ६ जनाले निवेदन दिएका थिए,’ उनले भने । सबैभन्दा बढी अंक ल्याएर हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताल छनोट भएकी उनको भनाइ छ ।

मनकोइला धितालले भनिन्, ‘अब किसानले दूध बोकेर बजारसम्म दूध पुर्‍याउन दुःख गर्नुपर्दैन । मगाएको खण्डमा घरदैलोमै दूध संकलन गरेर बजारसम्म ल्याउन ट्यांकर तयारी अवस्थामा छ ।’ धितालका अनुसार अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्यांकरबाट डेरीमा सहजै दूध पुर्‍याउन थालिएको छ । यसअघि सदरमुकाम भित्र र बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको थियो । धितालले सञ्चालन गरेको डेरीमा ट्यांकर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै ६ लाख बराबरको दूध बिक्री हुने गर्छ ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १५:५७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...