back
NMB ad

पुँजीगत खर्च प्रकृयामा परिवर्तन आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

Kumari bank ad

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताउनुभयो ।

“निजी क्षेत्रले दशकौदेखि उठाउदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन । पुँजीगत खर्चको खर्च प्रकृया परम्परागत छ । फागुनसम्म जम्मा १९ प्रतिशत पुँजीगत खर्च भएको तथ्याङ्क छ । यसलाई सुधार नगरी आर्थिक विकास र सम्मृद्धि हासिल हुन सक्दैन,” उहाँले भन्नुभयो ।

कोभिड पछि आर्थिक गतिविधि बढाउन, वैदेशिक लगानी भित्र्याउन, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न के के उपायहरु हुन सक्छन् भनेर नेपाल उद्योग वाणिज्य महासंघ लागिरहेको बताउदै, वरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक लगानीको सहजीकरणका लागि लगानी बोर्डसँग सम्झौता गरी महासंघ अगाडि बढ्न खोजेको जानकारी गराउनुुभयो ।

उहाँले गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्ने क्रम बढ्दै गएको र यसलाई थप प्रोत्साहन गर्न एउटा थ्रेसहोल्ड राखेर सिमित अवधिको लागि कर छुट तथा अन्य सुविधा दिन सकेमा थप वैदेशिक लगानी आकर्षित गर्न सकिने कुरा बताउनुभयो ।

“पर्यटन पूर्वाधारको विकास तथा अन्य परियोजनाहरुमा ५० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्र्याउने गैर आवासीय नेपालीहरुलाई कुनै निश्चित समयको सिमा राखेर कर छुट तथा अन्य सुविधाहरु दिन सकेमा यसबाट पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन, आन्तरिक रोजगारी, सरकारलाई थप कर तथा राजश्व संकलन लगायत बहुआयामिक फाइदाहरु लिन सकिन्छ,” उहाँले भन्नुभयो ।

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले रेमिट्यान्सलाई औपचारिक रुपमा नेपाल ल्याउन वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई नगद प्रोत्साहन तथा इन्सेन्टिभ दिनुपर्ने बताउनुभएको छ ।

पोखरा आन्तरिक पर्यटनको हव बन्दै गएको बताउँदै कोभिडपछि पोखराको आर्थिक गतिविधि पुन लयमा फर्किन लागेको बताउनुभयो ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १२:०० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...