back
NMB ad

सिप सिकेर आत्मनिर्भर बनेपछि फेरिएको दैनिकी

Kumari bank ad

लमजुङ । पसगाउँ-६ की राहेल गुरुङ ६ वर्ष अघि तीन महिना तालिम लिएर अहिले व्यवसाय सञ्चालन गरेकी छन् । ‘ग्रामीण भेगका महिलाहरूले जागीर खाएका हुँदैनन्, राहेलले भनिन्, ‘जागीर नभएपछि दिनभर जंगलमा घाँस काट्ने र दाउरा टिप्नेबाहेक अन्य काम हुँदैनथ्यो ।’ अर्काको कमाइमा बाँच्नु पर्दा निकै गाह्रो भएको महसुस हुने गरेको पसगाउँ-५ कि अर्की मीनदेवी गुरुङले गुनासो गरिन् ।

उनले श्रीमानको कमाइमा मात्र भरपर्दा घर व्यवहार चलाउन समस्या परेकोले सीप सिकेको बताइन् । ‘आफ्नो हातमा सीप भएन भने सबैले हेप्दा रहेछन् । अर्काको कमाईमा बाँच्नुपर्दो रहेछ,ु मीनदेवी भन्छिन्, ‘पहिले ख्याल राखिएन् । घरमा दिनभर हात खाली नै बसिन्छ । यसो केही गरौं भने पनि हातमा सीप थिएन । तीन महिने अल्लो कपडा बुन्ने तालिम लिएर व्यावसाय सञ्चालन गरेकी छु ।’

ग्रामीण भेगका महिलाहरूको जीविकोपार्जनका निम्ति कार्यालयले दुर्गममा भएपनि तालिम आयोजना गरेको घरेलु तथा साना उद्योग विकास समिति लमजुङले जनाएको छ । घरेलुले अल्लो कसरी काट्ने, बोक्रा कसरी निकाल्ने, कसरी पकाउने, धागो निकाल्ने तरिका र कपडा बुन्ने सम्मका तरिकाहरु सिकाइएको छ । बहुउपयोगीको रुपमा मानिएको अल्लोको लोकप्रियता लमजुङमा बढ्दै गएको छ ।

परम्परागत रुपमा जनजातिहरूले भाङ्ग्रा, नाम्ला, थैला आदि बनाउन मात्र प्रयोग हुने गरेको अल्लो अहिले आधुनिक प्रयोगमा आउने धागोका साथै त्यसबाट विभिन्न किसिमका कपडा उत्पादन हुन थालेपछि यसको लोकप्रियता बढेको हो । करिब एक हजार ५०० देखि तीन हजार मिटरसम्मको उचाइका जंगलमा पाइने अल्लोको प्रयोग हिजोआज नेपालका कार्पेट उद्योगहरूले पनि गर्न थालेका छन् । अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायतका देशमा निर्यात समेत हुने गरेको छ । तर लमजुङमा प्रशस्त मात्रामा अल्लो पाइने भएपनि जिल्लामा अल्लोले ब्यवसायीकता भने पाउन सकेको छैन ।

‘जङ्गलमा पाइने अल्लो स्थानीय बासिन्दाको आयआर्जनको भरपर्दो स्रोत बन्न सक्छ । तर, यसलाई व्यवसायिक बनाउन पहल कतैबाट भएको छैन,’ लमजुङ उद्योग वणिज्य संघका अध्यक्ष गुणराज शिलवाल भन्छन्, ‘अल्लोको उत्पादनलाई व्यवसायिक बनाउन सके लमजुङको मौलिक उत्पादनको रूपमा विश्वभर पठाउन सकिन्छ ।

अहिले अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर ८०० देखि १२ सयसम्म पर्दछ । अल्लोका कपडा स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो छ । जिल्लाका ग्रामिण पर्यटकिय गाउँहरु पसगाउँ, सिउरुङ, घलेगाउँ, भुजुङ, गौंडा, घेर्मु लगायतका गाविसका स्थानीयले अल्लोका कपडाहरु उत्पादन गर्ने गरेका छन् । बेसीशहरमा केही उत्साही महिलाहरुले पनि अल्लोका कपडा बनाउन थालेका छन् । पर्यटकीय गाउँहरुमा घुम्न जाने पर्यटकलाई गाउँको चिनोको रुपमा अल्लोबाट उत्पादित सामान विक्री गर्ने गरिएको पसगाउँकी उर्मिला गुरुङले बताइन् ।

वि.सं.२०७८ फागुन २९ आइतवार १२:३५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...