back
NMB ad

माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालको साधारण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं । लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए । सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैकले एसोसिएसन सगँ सहकार्य गर्नुपर्ने बताएका छन् ।

लघुवित्तको माध्यमवाट कसरी देशलाई समुन्नत बनाउने, कसरी रोजगारी सृजना गर्ने र लघुवित्तका सेवाग्राहीहरुले चर्को व्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ, यस बिषयमा सरकारले एसोसिएसन सगँ सहकार्य गरि अगाडी बढ्नुपर्ने बताएका हुन् । पौडेलले लघुवित्त प्रति जनताको आकर्षण बढ्दै जाओस् भन्दै शुभकामना पनि व्यत्त गरेका थिए ।

बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, नेपाल राष्ट्र बैकका पुर्व कार्यकारी निर्देशक तथा नेशनल लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए । सभामा लघुवित्त बिषयमा बिद्यावारिधी गरि बिज्ञता हासिल गरेका पाँच जनालाई बिषेश सम्मान गरिएको थियो ।

नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, पुर्व सचिव डा.मान बहादुर बिश्वकर्मा,त्रिभुवन बिश्वबिद्यालयका प्रध्यापक डा.पुष्पराज शर्मा,त्रिभुवन बिश्वबिद्यालयका उप प्रध्यापक डा.भरत सिंह थापा र अर्थविद नरहरी ढकाललाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

एसोसिएसनको उपाध्यक्ष भगवती चौधरीले सभामा उपस्थित सवैजनालाई स्वागत मन्तव्य व्यत्त गर्दै लघुवित्तले तिर्दै आएको ३० प्रतिशत कर मध्ये २० प्रतिशत सरकारलाई र बाँकी १० प्रतिशतवाट लघुवित्त कोष स्थापना गरि उत्त कोषवाटनै लघुवित्तलाई ऋण प्रवाह गरेमा लघुवित्त संचालनमा सहज हुने बताएकी छिन् ।

वि.सं.२०७८ फागुन २९ आइतवार १४:२६ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...