back
NMB ad

रुस–युक्रेनसँग नेपालको व्यापार, कुल आयातको २ प्रतिशत मात्रै हिस्सा

Kumari bank ad

काठमाडौँ । रुस र युक्रेनको युद्ध चलिरहेको बेला यतिबेला बजारमा महँगिको त्रास छाइरहेको छ ।

नेपाल आयातमुखि अर्थतन्त्र भएको मुलुकको कारण विश्वका कुनैपनि देशहरुबिच युद्ध हुँदा नेपाललाई प्रभाव पर्नु स्वभाविक पनि हो ।

यद्यपी अहिले चहिरहेको रुस र युक्रेनको युद्धले नेपालको उपभोग बजारमा भने त्यत्ति प्रभाव पर्ने देखिदैन । अहिलेसम्म अर्थात चालु आर्थिक वर्षको पहिलो ८ महिनाको आयात अवस्था हेर्दा यी दुई देशबाट हुने आयात कुल आयातको २ प्रतिशत मात्रै हो । यो सिधै यी दुई मुलकबाट आउने आयातको मूल्य अनुसार हो ।

फागुनसम्ममा नेपालमा रुसबाट ४ अर्ब ४३ करोड १५ लाख ३४ हजार रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै युक्रेनबाट १८ अर्ब ५ करोड ५ लाख ५२ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
दुई देशबाट कुल २२ अर्ब ४८ करोड २० लाख ८६ हजार मुल्य बराबरको आयात भएको छ । जुन कुल आयातको २ प्रतिशत मात्रै हो । अर्थात नेपालमा बाह्य मुलुकबाट फागुनसम्म १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

आठ महिनाको तथ्यांक अनुसार नेपालले युक्रेनसँगको व्यापारमा १८ अर्ब ४ करोड ८६ लाख २३ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । अर्थात समिक्षा अवधिमा नेपालबाट युक्रेन मात्रै १९ लाख २९ हजार बराबरको वस्तु तथा सेवा निर्यात गरिएका हो ।

यस्तै नेपालले समिक्षा अवधिमा रुससँग ४ अर्ब २७ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले रुसमा मात्रै १५ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबर रकमको मात्रै निर्यात गरेको हो ।

वि.सं.२०७८ चैत ७ सोमवार १८:४९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...