काठमाडौं । इमर्जिङ्ग नेपालको सयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ५७ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ६२८ रुपैयाँ ८० पैसा कायम भएको छ ।
यस्तै, यति बेला राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.०३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९३ प्रतिशतले वृद्धि भएको छ ।
वि.सं.२०७८ चैत ८ मंगलवार ११:५७ मा प्रकाशित