काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीको २५ प्रतिशतले हुन आउने ३१ लाख २८ हजार ८२७ दशमलव ४५५२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्ने सक्नेछन् ।
वि.सं.२०७८ चैत ८ मंगलवार १५:४८ मा प्रकाशित