back
NMB ad

बेलायतबासी नेपालीहरुद्वारा मृगौलापिडितलाई ३ लाख २० हजार सहयोग

Kumari bank ad

काठमाडौ । बेलायतमा बसोबास गरिरहेका केहि मनकारी नेपालीहरुले नेपालमा मृगौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरेका छन् ।

बेलायत निवासी बद्री खनाल नेतृत्वको टोलीले बेलायत बसोबास गरिरहेका केहि मनकारी व्यक्तिहरुद्वारा संखुवासभा खाँदवारी नगरपालिकाका ४५ बर्षिय जीत बहादुर रानालाई आर्थिक सहयोग स्वरुप तीन लाख २० हजार रुपैयाँ सहयोग गरेको हो ।

विगत ६ महिनादेखी मृगौला पिडित राना काठमाडौको गंगबुस्थित बुलन्द अस्पतालमा डायलासिस सहित उपचार गराइरहेका छन् ।

बेलायतमा संकलित उक्त रकम काठमाण्डौं निवासी मेघराज खनाले अस्पताल पुगेर रानालाई यहि चैत्र ४ गते हस्तान्तरण गरेको जानकारी दिए । रानाले उक्त रकम उनको मृगौला फेर्न र त्यसअघि डायलासिसका लागि उपयोग गर्ने खनालले जानकारी दिए । उक्त रकम प्राप्त गरेपछि रानाले खुशी व्यक्त गर्दै भविष्यमा पनि यस किसिमको सहयोगको अपेक्षा गरेको खनालले जानकारी दिए ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १३:१३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...