काठमाडौं । भोलि अर्थात चैत १२ गते शनिबार पनि रियल टाईम ग्रोस सेलमेनट (आरटीजीएस) सेवा सुचारु हुने भएको छ ।
नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले शुक्रबार एक सूचना निकाल्दै शनिबार पनि आरटीजीएस प्रणाली सेवा सुचारु हुने जनाएको छ ।
बैंकका अनुसार ‘विकास ऋणपत्र २०८६ ‘घ’ को ब्याज भुक्तानीका लागि शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म उक्त प्रणाली संचालन हुने भएको हो ।
वि.सं.२०७८ चैत ११ शुक्रवार १६:०२ मा प्रकाशित