back
NMB ad

आठ महिनामै भित्रियो २८ अर्बको सुन: १२ अर्ब ७९ करोडको चाँदी आयात, कुन देशबाट कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको अवधिमा ४० अर्ब बढीको सुनचाँदी आयात भएको छ ।

भन्सार विभागले हालै प्रकाशित गरेको चालु आवको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार उक्त अवधिमा ४० अर्ब ९६ करोड ७७ लाख ६६ हजार रुपैयाँ बरारबको सुनचाँदी आयात भएको हो ।

उक्त अवधिमा ४ हजार ४४ केजी बढी सुन र १ लाख ३५ हाजर ३३९ केजी चाँदी नेपाल भित्रिएको हो । नेपालमा टर्की र युनाईट अरब इमिरेट्स (यूएई)बाट सुन आयात हुने गरेको छ ।

चालु आवको फागुन मसान्तसमम्मा २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । जसमध्ये सबैभन्दा बढी सुन यएईबाट आयात भएको छ । उक्त देशबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँ बराबरको सुन आयात भएको विभागले जनाएको छ ।

फागुन मसान्तसम्ममा टकीबाट भने ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको सुन आयात भएको हो । सुन आयातबाट सरकारले ३ अर्ब ४३ करोड ७८ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै, उक्त अवधिमा विश्वको आठ मुलुकहरुबाट १२ अर्ब ७९ करोड ४५ लाख ३९ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।

नेपालमा चीन, हङकङ, भारत, इन्डोनेशिया, सिंगापुर, स्वीटजरल्याण्ड, टर्की र यूएईबाट चाँदी आयात हुने गरेको छ । चाँदी आयातबाट सरकारले १ अर्ब २१ करोड ७ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

चालु आवको आठ महिनाको अवधिमा सबैभन्दा बढी चाँदी स्वीटजरल्याण्डबाट आयात भएको छ । उक्त देशबाट ५ अर्ब १ करोड ३० लाख ३८ हजार रुपैयाँ बराबरको चाँदी नेपाल भित्रिएको हो ।

यस्तै, यूएईबाट ३ अर्ब ६० करोड ८८ लाख ९५ हजार, चीनबाट १ अर्ब ८२ करोड ४४ लाख ६३ हजार, हङकङबाट १ अर्ब ५२ करोड १४ लाख ६१ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।

त्यसैगरि चालु आवको फागुन मसान्तसम्ममा टर्कीबाट ६३ करोड २७ लाख ३९ हजार, इन्डोनेशियाबाट १९ करोड २६ लाख ६० हजार, भारतबाट ७ लाख ५२ हजार र सिंगापुरबाट ५ लाख ३० हजार रुपैयाँ बराबरको चाँदी आयात भएको हो ।

वि.सं.२०७८ चैत १३ आइतवार १३:३५ मा प्रकाशित

You can share this post!

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...

मेलम्ची खानेपानी आयोजना बन्द गरिने

मेलम्ची खानेपानी आयोजना बन्द गरिने

वि.सं.२०८१ असार १ शनिवार १०:५३

काठमाडौँ : मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची...

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला   

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला   

वि.सं.२०८१ असार १ शनिवार १०:४७

काठमाडौँ, १ असारः पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे...

एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो   

एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो   

वि.सं.२०८१ असार १ शनिवार १०:४१

काठमाडौँ, १ असारः मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले...

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु   

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु   

वि.सं.२०८१ असार १ शनिवार १०:३६

गलेश्वर (म्याग्दी), १ असार: पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा...

टि–ट्वान्टी विश्वकप क्रिकेट :  नेपाल एक रनले पराजित   

टि–ट्वान्टी विश्वकप क्रिकेट :  नेपाल एक रनले पराजित   

वि.सं.२०८१ असार १ शनिवार १०:२८

काठमाडौँ, १ असारः आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा...