काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको ९ हजार १७० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरिद गर्न इच्छकु बैंकका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा लिखित जानकारी गराउनुपर्नेछ ।
तोकिएको उक्त म्यादभित्र विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अगाडि बढाईने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ चैत १३ आइतवार १३:५७ मा प्रकाशित