back
NMB ad

नाट्टा सदस्यमा साधुराम थापाको उम्मेदवारी किन ?

Kumari bank ad

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को सदस्यमा साधुराम थापा ‘सुरज’ ले उम्मेदवारी दिनुभएको छ ।

टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नाट्टाको आगामी बिहीबार अर्थात चैत १७ गते हुने लागेको नयाँ कार्यसमितिको निर्वाचनमा थापाले उम्मेदवारी दिनुभएको हो ।

धादिङको गोगनपानीमा २०४२ सालमा जन्मनु भएका ‘सुरज’ले व्यवस्थापन विषयमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।

सन् २०१४ मा स्काइलर्ड ट्राभल एन्ड टुर्स प्रा लि मार्फत पर्यटन व्यवसायमा प्रबेश गर्नु भएका थापा छोटो समयमा नै पर्यटन व्यवसायीहरु माझ लोकप्रिय हुनुहुन्छ ।

पर्यटन व्यवसाय प्रवर्धनको सिलसिलामा यूरोप, अमेरिका, क्यानडा लगायत विश्वका विभिन्न मुलुकहरुको भ्रमण गरिसक्नुभएका थापा सामाजिक क्रियाकलापमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।

मुख्यतः अन्तर्राष्ट्रिय टिकेटिङमा राम्रो प्रभाब बनाएका थापाले आफु नाट्टाको सदस्य बनेर आइटा, एयरलाइन्स र जिडिएससम्बन्धी प्रमुख समस्याहरुलाई विषेश प्राथमिकतामा राखी दीर्घकालिन समाधान लागि पनि आफ्नो उम्मेदवारी रहेको थापाले बताउनुभयो ।

नन–आइटा एजेन्सीहरुले भोग्नु परेका समस्याहरुलाई विषेश प्राथमिकतामा राखी उक्त समस्याहरुको दिर्घकालिन समाधान गर्न आफु लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

एजेन्सीहरुले भोग्नु परेका समस्याहरुका बारेमा जानकार थापाले उक्त समस्याहरुलाई समाधान गर्न आफुले कुनै कसर बाकी नराख्ने दावी समेत गर्नु भयो ।

नेपालको पर्यटन क्षेत्रको विकासमा केही योगदान गरौं भन्ने उद्देश्यले स्वदेश फर्केर यस व्यवसायमा जमेका थापा आफु बाचुञ्जेल क्रियाशिल रहने बताउनुभयो ।

वि.सं.२०७८ चैत १४ सोमवार ०८:५९ मा प्रकाशित

You can share this post!

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...