काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
चैत १३ गते आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीके ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
वि.सं.२०७८ चैत १४ सोमवार ११:५० मा प्रकाशित