काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म इमर्जिङ्ग नेपालको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ८३ रुपैयाँ ६० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ९२० रुपैयाँ ३० पैसा कायम भएको छ ।
यस्तै, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१८ प्रतिशत अर्थात प्रतिकित्ता ७३ रुपैयाँ ७० पैसा कायम भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ९७५ रुपैयाँ १० पैसा कायम भएको छ।
वि.सं.२०७८ चैत १४ सोमवार १२:१८ मा प्रकाशित