काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा थप १२ लाख ८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको २८ प्रतिशत बोनस बापतको १२ लाख ८ हजार ७८९.१५ कित्ता सेयर सूचीकृत भएको हो ।
उक्त सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदिबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७८ चैत १७ बिहीवार १७:०९ मा प्रकाशित