back
NMB ad

आगामी चैत मसान्तभित्र ११ कम्पनीहरुले डाके साधारण सभा: लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । करिब एक दर्जन कम्पनीहरुले वार्षिक साधारण सभाका लागि मिति तय गरेका छन् ।आगामी चैत मसान्त भित्र विभिन्न ११ कम्पनीहरुले सभा गर्न लागेका छन् ।

यीमध्ये ७ कम्पनीहरुले लाभांश पारित गर्ने मुख्य एजेण्डा बनाएका छन् भने बाँकी चार कम्पनीका लगानीकर्ताहरुको भने हात खाली हुने भएको छ ।

चैत मसान्तभित्र एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सामलिङ्ग पावर, नेपाल टेलिकम, नेपाल आयल निगम, जीवन विकास लघुवित्त, मुक्तिनाथ क्यापिटल, आरम्भ चौतारी लघुवित्त, तारागाउँ रिजेन्सी होटल, सिद्धार्थ इन्स्योरेन्स, साल्ट ट्रेडिङ कर्पोरेशनले साधारण सभा बोलाएका छन् ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो ।

यसअघि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपनि नियामक नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेपछि प्रस्तावित लाभांश रद्द भएको थियो ।

केन्द्रीय बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो । सभा प्रयोजनका लागि चैत ८ गतेदेखि बुक क्लोज गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत २१ गते सभा बोलाएको छ । कम्पनीले सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्नेछ ।

यसका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सामलिङ्ग पावर

सामलिङ्ग पावर कम्पनीले आउँदो चैत २१ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

सोही दिन हुने सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जना बनाउने र कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

यसका साथै सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट एक जना तथा समूह ‘ग’ बाट एक जना गरी २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका चैत ७ गते (एक दिन) बुक क्लोज गरिसकेको छ ।

नेपाल टेलिकम

नेपाल टेलिकम लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्नका लागि सभा बोलाएको हो ।

कम्पनीले आउँदो चैत २४ गते सभा गर्ने भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

नेपाल आयल निगम

नेपाल आयल निगमको ४०औं वार्षिक साधारण सभा आउँदो चैत २५ गते हुने भएको छ ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको सभाकक्ष टेकु, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवम् खर्च अनुमोदन गर्नेछ ।

यसका साथै आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्त वित्तीय संस्थाले आउँदो चैत २५ गते तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र करसहित ३.प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले अन्य कुनै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

यस्तै, अन्य प्रस्तावमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका चैत १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।

मुक्तिनाथ क्यापिटल

मुक्तिनाथ क्यापिटलले भने आउँदो चैत २५ गते विशेष साधारण सभा गर्ने भएको हो ।

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौं प्लाजा, कमलादीमा साढे १२ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रवन्धपत्रमा प्रस्तावित संशोधनको नियमनकारी निकायबाट थपघट गर्न कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

आरम्भ चौतारी लघुवित्त

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।सभामा गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा समेत रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने लगायत बिभिन्न एजेण्डा रहेका छन् ।

सभा बनेपा पार्टी भेन्यु, काभ्रपलाञ्चोेकमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

तारागाउँ रिजेन्सी होटल

तारागाउँ रिजेन्सी होटलको फागुन २० गते बसेको संचालन समितिको बैठकले २५औं साधारण सभा चैत २७ गते गर्ने निर्णय गरेको छ ।

सभाको प्रस्तावमा २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।

यस्तै, सभामा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने, प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका कम्पनीले चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २०औं वार्षिक साधारण सभा आउँदो चैत ३० गते गर्ने भएको छ ।

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा स्वतन्त्र (विज्ञ) सञ्चालकको नियुक्ती अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावहरु रहेका छन् ।

यसका साथै सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत १७ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन

साल्ट ट्रेडिङ कर्पोरेशनले ५५औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ ।

कम्पनीको चैत ६ गते बसेको संचालनक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सभाले आर्थिक २०७७/७८ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सोही सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्ने निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।

उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको चैत १५ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने

वि.सं.२०७८ चैत १८ शुक्रवार १६:२१ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश सरकारको बजेट सिलिङ  ३५ अर्ब १७ करोड ३४ लाख   

कोशी प्रदेश सरकारको बजेट सिलिङ ३५ अर्ब १७ करोड ३४ लाख   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:२३

मोरङ, ३२ जेठ : कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक...

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:१९

काठमाडौँ, ३२ जेठः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:११

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:०५

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग...

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५९

काठमाडौँ, ३२ जेठ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत...

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५४

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमा नविन...