back
NMB ad

भोलि दुई कम्पनीको साधारण सभा हुँदै, कुनको कस्ता छन् एजेण्डाहरु ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात चैत २१ गते दुई कम्पनीको वार्षिक साधारण सभा हुँदैछ छ । सोमबार नेपाल लाइफ इन्स्योरेनस र सामलिङ्ग पावर कम्पनीले सभा गर्न लागेको हो ।

उक्त दिन हुने नेपाल लाइफ इन्स्योरेन्सको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्नेछ ।

यसका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यस्तै, सामलिङ्ग पावर कम्पनीले भोलि तेस्रो वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

सोही दिन हुने सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जना बनाउने र कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

यसका साथै सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट एक जना तथा समूह ‘ग’ बाट एक जना गरी २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका चैत ७ गते (एक दिन) बुक क्लोज गरिसकेको छ ।

वि.सं.२०७८ चैत २० आइतवार १६:५१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...