back
NMB ad

पोखरामा सहकारीकर्मीलाई साइवर सुरक्षा तालिम

Kumari bank ad

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा र तालचोक शाखाको आयोजनामा पोखराका सहकारीकर्मीहरुका लागि एक दिने प्रविधिमा हुने जोखिम न्यूनिकरण साइबर सुरक्षा तालिम सोमबार सम्पन्न भएको छ ।

सहकारीहरु प्रविधिको उपयोगतर्फ अग्रसर भैरहेको अवस्थामा प्रविधिको प्रयोगमा आउन सक्ने जोखिमको पहिचान र न्यूनिकरणका लागि सहयोग पुग्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रले वित्तीय, उत्पादन लगायतका क्षेत्रमा बिचौलियाको अन्त्यका लागि प्रयत्न गर्दै आएकोमा पछिल्लो समय प्रविधि क्षेत्रका बिचौलियाहरुसंग पनि लड्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले सहकारीलाई व्यावसायिक र मर्यादित बनाउन प्रविधिको प्रयोग अपरिहार्य छ, प्रविधिको प्रयोग गर्दा पनि व्यसायमा हुने नोक्सानीलाई न्यूनिकरणका लागि साइवर सुरक्षा सम्बन्धी सचेतना आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै बैंकका आइटी विभाग प्रमुख नविन कुमार कार्कीले प्रविधिको पहुँच बढेसंगै यो क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरु पनि आएको बताउनुभयो । प्रविधिमा आउन सक्ने चुनौतीलाई न्यूनिकरणका लागि सबै सचेत हुनु पर्नेमा जोड दिदै उहाँले सहकारी बैंकले आफ्ना सदस्य र आम सहकारीकर्मीहरुलाई प्रविधिमा हुने जोखिम सम्बन्धी सचेतना फैलाउने काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, पोखरा शाखाका प्रमुख नरेश पाण्डेको स्वागत र तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७८ चैत २२ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:०३

काठमाडौँ, ९ जेठ: कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...