back
NMB ad

बागलुङमा सहकारीका समस्या र समाधान विषयक लघु गोष्ठी

Kumari bank ad

बागलुङ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजना तथा बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवको समन्वयमा सहकारीको वर्तमान अवस्था, समस्या र समाधान विषयक लघु गोष्ठी सोमबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उहाँले सहकारी क्षेत्रमा रहेका समस्याको पहिचान गरी समाधानका लागि सिंगो अभियान एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सदस्यहरुलाई समस्याका बारेमा जानकारी गराउने र उनीहरुलाई समाधानमा सहयोगी बनाउन सक्ने हो भने सहकारीमा आउन सक्ने समस्यालाई सहज रुपमा समाधान गर्न सकिनेमा उहाँको जोड थियो ।

कार्यक्रममा सहकारीको वर्तमान अवस्था, समस्या रर समाधान विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । उहाले सहकारी क्षेत्रमा आउन सक्ने वित्तीय जोखिम न्यूनिकरणका लागि सहकारीको रकम सहकारीमै राख्ने विषयमा ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवरले सहकारीमा हुन सक्ने जोखिमको पहिचान गरेर योजनावद्ध तरिकाले अगाडि बढ्नु पर्नेमा जोड दिनुयभो ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंक बागलुङका प्रमुख युवराज त्रिपाठीको अध्यक्षता, बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष दिपक राजभण्डारीको सञ्चालन र सचिव ताराप्रसाद शर्माको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रवन्धकहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७८ चैत २२ मंगलवार १२:५२ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...