काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई ‘म्यानेजर अफ दि इयर अवार्ड २०२२’ प्रदान गरिएको छ ।
व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पु¥याउनु भएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै बैंकका सीईओ न्यौपानेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
चैत्र २६ गते राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा सीईओ न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण एनआईसी एशिया बैंकलाई समर्पण गर्दै व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीहरू प्रति कृतज्ञता जाहेर गर्नु भयो ।
उहाँको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।
वि.सं.२०७८ चैत २७ आइतवार १२:४८ मा प्रकाशित