काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाले दुई संचालक थप गरेको छ । कम्पनीको चैत २५ गते बसेको तेस्रो साधारण सभाले संचालकमा दुई जना व्यक्ति थप गरेको हो ।
कम्पनीको संचालक समितिमा सर्वसाधारण सेयरधनीहरु मध्ये गोकर्ण खतिवडा र अशोक सिटौलालाई चयन गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना पेश गर्दै चैत २५ गते बसेको दुई संचालक चयन गरेको जनाएको छ ।
वि.सं.२०७८ चैत २९ मंगलवार १२:२८ मा प्रकाशित