काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्यवृद्धि भएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो ।
मंगलबार १ प्रतितोला १ लाख ९ सय रुपैयाँ कारोबार भएको सुन आज बढेर १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि बढोत्तरी देखिएको छ । आज चाँदी तोलामा २० रुपैयाँले वृद्धि भई १ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ चैत ३० बुधवार ११:३८ मा प्रकाशित